भारतको केन्द्रीय बजेट प्रस्तुत, आत्मनिर्भर भारत र सन् २०४७ सम्म विकसित राष्ट्रको लक्ष्यमा जोड
काठमाण्डौ । भारतकी केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आइतबार संसदमा आर्थिक वर्ष २०२६÷२७ का लागि केन्द्रीय बजेट प्रस्तुत गरेकी छन्। यो उनको लगातार नवौँ बजेट हो। बजेट भाषणमा उनले विश्वव्यापी अनिश्चितताबीच पनि भारतको आर्थिक दिशा स्थिर रहेको र २०४७ सम्म विकसित भारत बन्ने लक्ष्यतर्फ अघि बढिरहेको बताइन्।वित्त मन्त्रीले बजेट ‘सबैको साथ, सबैको विकास’ को मूल मन्त्रमा...

