एनपीएलको तेस्रो संस्करणको अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ खेलाडी अनुबन्ध हुने
काठमाण्डौ । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सन नजिकिँदै गर्दा टोली निर्माणको प्रतिस्पर्धा थप तीव्र बनेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेसँगै फ्रेन्चाइज टोलीहरू रणनीतिक तयारीमा केन्द्रित भएका छन्।आगामी नोभेम्बर–डिसेम्बरतिर आयोजना हुने नेपाल प्रिमियर लिगको आगामी संस्करणका लागि...

