रुस–पाकिस्तानबीच आप्रवासन र लागुऔषध नियन्त्रणमा सहकार्य गर्ने सहमति
काठमाण्डौं । पाकिस्तान र रुसबीच अवैध आप्रवासन तथा लागुऔषध तस्करी नियन्त्रणका क्षेत्रमा सहकार्य गर्ने महत्वपूर्ण सम्झौता भएको छ। किर्गिस्तानको राजधानी बिश्केकमा सम्पन्न शंघाई सहयोग संगठन (एससीओ) का गृहमन्त्रीहरूको बैठकका क्रममा दुवै देशले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

