पोखरामा दिगो पर्यटन प्रवर्द्धनका लागि रु १.३० अर्बको नयाँ परियोजना
काठमाण्डौ । दिगो पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले एसियाली विकास बैंक (एडीवी) को आर्थिक सहयोगमा नयाँ विकास परियोजना अघि बढाउने भएको छ। शहरी विकास, उत्थानशीलता र जीवनयापन सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत पञ्चासे क्षेत्रलाई जोड्ने गरी साइकल लेनसहितको पहुँच मार्ग तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो।

