गृहको निर्देशनपछि ‘मास अरेस्ट’: राजधानीमा अपराधी सखाप पार्ने अभियान
काठमाण्डौ । गृहमन्त्रीको निर्देशनपछि राजधानीमा सुरक्षा निकायको सक्रियता एकाएक तीव्र बनेको छ। यही सक्रियताको परिणामस्वरूप प्रहरीले शुक्रबार राति काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा व्यापक ‘सर्च अपरेशन’ सञ्चालन गर्दै गुण्डागर्दीदेखि बिचौलिया र ठगीमा संलग्नहरूलाई धमाधम नियन्त्रणमा लिएको छ।

