प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा आज काठमाण्डौको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।...

