लगातार वर्षाले देशभरका राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रुपमा बन्द
काठमाण्डौ । लगातारको वर्षा, बाढी, पहिरो तथा विभिन्न सडक खण्डमा भइरहेको मर्मत तथा स्तरोन्नति कार्यका कारण देशका प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित बनेको छ। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

