जिम्मेवारीबाट बाहिरिँदै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे
काठमाण्डौ । काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा माघ ४ गतेदेखि लागू हुने छ भने माघ ३ गतेसम्म उनी जिम्मेवारीमा रहनेछन्।पाण्डेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै प्रशासनिक पदबाट अलग हुने निर्णय लिएका हुन्। निर्वाचन आचारसंहिता र सार्वजनिक पदको निष्पक्षताप्रति प्रतिबद्धता जनाउँदै उनले समयमै...

