रसुवा–केरुङ मितेरी पुल पुनर्निर्माणका लागि चीनको औपचारिक प्रस्ताव, सम्झौता प्रस्ताव नेपाललाई हस्तान्तरण
काठमाण्डौ । बाढीका कारण क्षतिग्रस्त नेपाल–चीन जोड्ने रसुवा–केरुङ मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ।चीनले परराष्ट्र मन्त्रालयमार्फत स्थायी संरचना निर्माणसम्बन्धी परियोजना कार्यान्वयन सम्झौताको प्रस्ताव नेपाल सरकारलाई पठाएको हो।

