सवारी साधन तथा घर खरिद गर्नेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष कर्जा अफर
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।