बुधबार, असार १०,२०८३ 02:34:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:34:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देवकुमार ढकाल बने रा.बा. बैंकको अध्यक्ष, राष्ट्रबैंकमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव

Laxmi Sunrise Bank Limited
देवकुमार ढकाल बने रा.बा. बैंकको अध्यक्ष, राष्ट्रबैंकमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव

काठमाण्डौ । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् ।  

केही महिनाअघि नेपाल राष्टबैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका उनलाई शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।  

शुक्रबार नै नवनियुक्त अध्यक्ष ढकालले पदभार समेत ग्रहण गरे । 

New Office
CG Motors
Garima Development Bank

ढकालसँग नेपाल राष्ट्रबैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । उनी पछिल्लो समय केन्द्रीय बैंकको शक्तिशाली कार्यकारी निर्देशकको रुपमा रहेका थिए । उनलाई गभर्नरको दाबेदारको रुपमा समेत हेरिएको थियो।  

पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणाली विषयको जानकार समेत हुन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवनियुक्त ढकाललाई बैँक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैंकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए ।  

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले अहिले ३ सय ९ वटा शाखा कार्यालयहरुमार्फत ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.