सुकुम्वासी हटाउने सरकारी कदमविरुद्ध माइतीघरमा प्रदर्शन, पुनःस्थापना र क्षतिपूर्तिको माग
काठमाण्डौ । काठमाण्डौसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरिएको छ। विस्थापित परिवारलाई तत्काल पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने मागसहित प्रभावित समूहहरूले सरकारको कदमप्रति असन्तोष व्यक्त गरेका छन्।

