पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर बदली, बागमती र गण्डकीका केही स्थानमा वर्षा
काठमाण्डौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ ।

