सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग र जग्गाबारे छानबिन गर्न समिति गठन
काठमाण्डौ । सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग तथा विश्वविद्यालय र आंगिक क्याम्पसका नाममा रहेको जग्गाको अवस्थाबारे छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ।विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा.डा. राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरेको हो।

