प्रधानन्यायाधीश सिफारिस डा. शर्माविरुद्ध तीन उजुरी दर्ता, जेठ ४ सम्म उजुरी दिन सकिने
काठमाण्डौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा.मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत उजुरी दर्ता हुने क्रम जारी रहेको छ। हालसम्म उहाँविरुद्ध तीन वटा उजुरी प्राप्त भएको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ।

