विद्युत् क्षेत्रलाई आर्थिक वृद्धि चालक बनाउने सरकारको योजना : अर्थमन्त्री वाग्ले
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई गति दिने प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अघि बढाइने बताएका छन्।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि पेस गरेको ५३ बुँदे सुझाव बुझ्दै अर्थमन्त्री वाग्लेले विद्युत् क्षेत्रको योगदान अर्थतन्त्रमा क्रमशः बढ्दै गएको उल्लेख गरे।

