इप्पान निर्वाचनका लागि बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै बलराम खतिवडाको नेतृत्वमा प्यानल सार्वजनिक गरिएको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था सम्बन्धी विधान संशोधन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका खतिवडाको समूहले बुधबार एभरेष्ट होटलमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेको हो।

