राष्ट्रपतिलाई बुझाइयो महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले महान्यायाधिवक्ता भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएको जानकारी दिएका हुन् ।

