गुइगाड पुल अलपत्र पार्ने निर्माण व्यवसायीमाथि करिब १८ करोड असुली
काठमाण्डौं । बाजुराको पूर्वाधार विकासलाई प्रभावित पार्दै आएको साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत गुइगाडमा निर्माणाधीन स्टिल ट्रस पुल लामो समयदेखि अलपत्र रहँदा क्षेत्रीय यातायात र जनसेवामा गम्भीर असर परेको छ। डेढ दशकभन्दा बढी समयदेखि निर्माण पूरा हुन नसकेको उक्त परियोजनाप्रति सडक डिभिजन कार्यालय साँफेबगरले अन्ततः ठोस प्रशासनिक तथा कानुनी कदम अघि बढाएको छ।

