सहकारी संकट समाधानतर्फ सरकार सक्रिय, बचत फिर्ता प्राथमिकतामा
काठमाण्डौं । सहकारी क्षेत्रमा देखिएको संकट समाधानतर्फ सरकार अब निर्णायक रूपमा अघि बढ्ने संकेत देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतीभा रावलले बचतकर्ताको रकम फिर्ता गराउने कार्यलाई प्राथमिकतामा राख्दै ठोस कदम चालिने बताएकी छन्।

