समस्याग्रस्त सहकारीबाट जेठमा १ करोड २० लाख ऋण असुली, ५९ लाख बचत फिर्ता
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा कर्जा असुली र बचत फिर्ता दुवैमा प्रगति गरेको छ। समितिका अनुसार एक महिनाको अवधिमा १ करोड २० लाख रुपैयाँ ऋण असुली गर्दै ५९ लाख रुपैयाँ बचतकर्तालाई फिर्ता गरिएको छ।

