मनसुनजन्य विपद्कालागि सुरक्षा निकाय हाई अलर्टमा
काठमाण्डौ । मौसम तथा बाढी पूर्वानुमान महाशाखाले आज बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकोे सुचना सार्वजनिक गरेपछि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।यसकालागि सशस्त्र प्रहरी बलले देशभर ५४ वटा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरी तत्काल उद्धार कार्यका लागि १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। यस्तै नेपाली सेनाले बाढी–पहिरो न्यूनीकरणका लागि...

