अध्ययन भिषा सिफारिस प्रकरणमा नक्कली कागजात छानबिन समिति गठन
काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका कागजात नक्कली भएको आशंकामा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव (कानून) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।

