बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई २१ वर्षको जेल सजाय
काठमाण्डौ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र अन्य मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । बीबीसीका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पनि पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको छ।

