२७ वर्षदेखि बन्द ओरिएन्ट म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा अन्योल
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–८, लामोसाँघुस्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग २७ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ । विगतका सरकारहरूले पुनः सञ्चालनको आश्वासन दिँदै आएका छन् भने वर्तमान सरकारले पनि प्रयास जारी रहेको जनाएको छ। प्रयास जारी रहेको भनिएपनि पुनः सञ्चालन कहिले हुन्छ भन्ने विषयमा अझै स्पष्टता आउन सकेको छैन। वि.सं. २०३५ मा स्थापना भई सञ्चालनमा आएको यो...

