शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने
काठमाण्डौ । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग पूरा नभए भदौ महिनादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।महासंघको परिषद् बैठकले आन्दोलनको निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए। उनका अनुसार आन्दोलनको मिति, कार्यक्रम र स्वरूप भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।

