विदेशी लगानीकर्ताको नजर नेपालमा, १० महिनामा ७२८ परियोजना दर्ता, ४५ अर्बभन्दा बढी प्रतिबद्धता
काठमाण्डौं । नेपालमा चालू आर्थिक वर्षको पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइर्) प्रतिवद्धता उल्लेखनीय रूपमा बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ।

