विदेशीले बसोबास विवरण अनिवार्य दर्ता गर्नु पर्ने
काठमाण्डौ । नेपालमा बसोबास गर्ने विदेशी नागरिकको विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने गरी सरकारले अध्यागमन कानून संशोधनको प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले यससम्बन्धी नयाँ प्रावधानसहित विधेयकको मस्यौदा सार्वजनिक गरेको हो।

