पूर्वराष्ट्रपति भण्डारी मदन भण्डारीको ३३औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि, राजनीतिक सन्देशसहितको उपस्थिति
काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार नेकपा एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छिन्। मदन भण्डारीको ३३औँ स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनको उपस्थितिले पार्टीभित्रको राजनीतिक सम्बन्ध र आगामी समीकरणबारे नयाँ बहस शुरु गराएको छ।

