सर्लाही । सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु भएको केही समयमै तनावको अवस्था सिर्जना भएको छ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदाताबीच विवाद भएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको हो।
मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच भनाभन र धक्का–मुक्का भएपछि केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि अहिले उक्त मतदान केन्द्रमा मतदान पुनः सञ्चालनमा आएको स्थानीय प्रशासनले जनाएको छ।

