बिहीबार, फाल्गुन २१,२०८२ 10:47:36
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 10:47:36

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२

बिजशालाको लाइभ अपडेटमा स्वागत छ।

प्रतिनिधिसभा सदस्य चयनका लागि आज देशभर मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। निर्वाचनसँग सम्बन्धित देशभरका मतदान केन्द्रबाट आउने प्रत्येक महत्वपूर्ण गतिविधि, मतदाताको सहभागिता, घटनाक्रम र अपडेटहरू तपाईँले बिजशालाको यस लाइभ अपडेटमार्फत पल–पलमा प्राप्त गर्न सक्नुहुनेछ।

Live Update 52 सेकेन्ड अगाडी

देशभर निर्बाध मतदान, बिहान १० बजेसम्म करिब ६ प्रतिशत मत खस्यो

देशभर निर्बाध मतदान, बिहान १० बजेसम्म करिब ६ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मत खसेको छ, जुन करिब ६ प्रतिशत हो।

Live Update 3 मिनेट अगाडी

अपडेट: खराब मौसमका कारण बालेन सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्कियो

अपडेट: खराब मौसमका कारण बालेन सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्कियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ।

हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे काठमाडौंबाट झापाका लागि प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण हेलिकप्टर झापामा ल्यान्ड हुन नसकी पुनः डाइभर्ट गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे अवतरण गरिएको जनाइएको छ।

Live Update 7 मिनेट अगाडी

चितवनमा ३ घण्टामा २० प्रतिशत मत खस्यो

चितवनमा ३ घण्टामा २० प्रतिशत मत खस्यो

काठमाण्डौ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा चितवन जिल्लाभर ३ घण्टासम्म करिब २० प्रतिशत मत खसेको छ। बिहान १० बजेसम्म कुल मतदातामध्ये करिब ८८ हजार मत खसेको हो ।

Live Update 9 मिनेट अगाडी

ओखलढुंगामा अस्पताल माग्दै मतदान बहिष्कार, बिहान १० बजेसम्म एक मत पनि खसेन

ओखलढुंगामा अस्पताल माग्दै मतदान बहिष्कार, बिहान १० बजेसम्म एक मत पनि खसेन

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। बिहान १० बजेसम्म पनि कुनै मतदाता मतदान गर्न केन्द्रमा नपुगेको प्रशासनले जनाएको छ।

Loading more updates...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.