बिहीबार, फाल्गुन २१,२०८२ 12:28:38
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 12:28:38
Bizshala
Global IME Bank Limited

दोलखामा हवाई फायर, उदयपुरमा बन्दूक पड्कियो

Hyundai Nepal
दोलखामा हवाई फायर, उदयपुरमा बन्दूक पड्कियो
Shivam Cement

प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा देशका विभिन्न स्थानमा केही तनावपूर्ण घटना भएका छन्। दोलखामा विवादपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ भने उदयपुरमा प्रहरी जवानले बोकेको बन्दुक अकस्मात पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।

दोलखाको मालुस्थित मतदान केन्द्रमा मतदाताबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। निर्वाचनका लागि खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले बाध्य भएर हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अहिले अवस्था नियन्त्रणमा रहेको छ भने मतदान केन्द्र वरपर सामान्य नाराबाजी भइरहेको छ।

यता उदयपुरको कटारी नगरपालिका–३ तावाखोलास्थित तरकारी तथा फलफूल बिक्री केन्द्रमा रहेको ‘ख’ मतदान केन्द्रमा बिहान ७ः१३ बजे प्रहरी जवानले बोकेको सटगन अकस्मात पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सटगनबाट झुक्किएर एक राउन्ड गोली चलेको थियो। सो गोली मतपेटिकामा लागेको थियो।

घटना हुँदा मतपेटिकामा चार वटा मत खसिसकेको थियो। मतपेटिका क्षतिग्रस्त भए पनि भोट हालिसकेका मतपत्र भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

क्षति नभएका ती मतपत्रलाई अर्को मतपेटिकामा राखेर सो मतदान केन्द्रमा मतदान प्रक्रिया पुनः सुरु गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.