काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा मध्यावधि निर्वाचनअन्तर्गत आज बिहान मतदान गरेका छन्।
उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएको छ। बिहान करिब साढे ७ बजे मतदान गरेका शाह आजै आफ्नो उम्मेदवारी रहेको झापा–५ पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

