शुक्रबार, श्रावण ८,२०८३ 09:27:10
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:27:10
Bizshala
Global IME Bank Limited

शताब्दी पार गरेका मतदाताको उत्साह: १०५ वर्षका खड्कादेखि ९९ वर्षका गुरुङसम्म मतदानमा सहभागी

शताब्दी पार गरेका मतदाताको उत्साह: १०५ वर्षका खड्कादेखि ९९ वर्षका गुरुङसम्म मतदानमा सहभागी
New Office

जारी मतदानमा विभिन्न जिल्लाहरूमा वयोवृद्ध मतदाताहरू पनि सहभागी भएका छन्। ती मध्ये केही एक सय वर्ष हाराहारी र केही एक सय वर्षमाथिका छन्।

जारी प्रतिनिधिसभा निर्वाचनमा देशका विभिन्न जिल्लामा शताब्दी नजिक र शताब्दी पार गरेका वयोवृद्ध मतदाताहरूले पनि उत्साहका साथ मतदान गरेका छन्। लोकतन्त्रप्रतिको विश्वास देखाउँदै उनीहरू मतदान केन्द्रसम्म पुगेर मताधिकार प्रयोग गरेका हुन्।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित मतदान केन्द्रमा १०५ वर्षीय चन्द्रबहादुर खड्काले बिहानै मतदान गरेका छन्। मतदान गरेर फर्किँदै गरेका खड्काले उमेर ढल्किए पनि मतदान आफ्नो कर्तव्य भएको बताएका छन्।

यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा १०० वर्षीया धनसुब्बा देवी गुरुङले मतदान गरेकी छन्।

चितवन क्षेत्र नम्बर २ मा ९९ वर्षीय आशबहादुर गुरुङले पनि मतदान गरेका छन्। त्यस्तै मोरङ क्षेत्र नम्बर ६ मा १०० वर्षीय बुद्धिप्रसाद गौतमले अरूको सहयोगमा मतदान केन्द्र पुगेर आफैं मत खसालेका छन्।

देशभर जारी मतदानमा उच्च उमेरका मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नागरिकको आस्था अझ स्पष्ट भएको देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.