शुक्रबार, श्रावण ८,२०८३ 09:30:59
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:30:59
Bizshala
Global IME Bank Limited

बालेन सचिवालयले भन्यो-'हेलिकोप्टर उडाउने अनुमति थियो, सुरक्षा थ्रेट भएर फर्किनु परेको हो'

बालेन सचिवालयले भन्यो-'हेलिकोप्टर उडाउने अनुमति थियो, सुरक्षा थ्रेट भएर फर्किनु परेको हो'
New Office

काठमाण्डौ । झापा नजिकै पुगेर फर्किएको हेलिकोप्टरको विषयमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको सचिवालयले स्पष्टीकरण दिएको छ । 

शाहको सचिवालयका एक सदस्यले निर्वाचन आयोगबाट फागुन २० गते नै आफूहरुले हेलिकोप्टर प्रयोगको अनुमति लिएको उल्लेख गर्दै सुरक्षाको कारणले विराटनगर छेउछाउ पुगेर हेलिकोप्टर फर्काइएको बताएका हुन् । 

'निर्वाचन आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति हामीले २० गते नै लिइसकेका हौं ।' ती सदस्यले भने-'सुरक्षा सम्वेदनशीलतालाई ध्यान दिएर हेलिकोप्टर काठमाण्डौ फर्काउन भनेर बालेनजीले नै भन्नुभएको थियो ।'  

उनले बालेनलाई कस्तो सुरक्षा थ्रेट भयो भन्ने विषयमा चाहिँ थप बताउन चाहेनन् ।  

एक स्रोतका अनुसार बालेनले झापा ५ को केही निर्वाचन केन्द्रहरुमा हेलिकोप्टरबाटै घुम्ने योजना बनाएका थिए । यसको स्थानीय एमाले कार्यकर्ताहरुले चर्को विरोध गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.