शुक्रबार, श्रावण ८,२०८३ 09:31:00
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:31:00
Bizshala
Global IME Bank Limited

ओखलढुंगामा गोली चलेको हल्ला भ्रामक : प्रहरी

ओखलढुंगामा गोली चलेको हल्ला भ्रामक : प्रहरी
New Office

ओखलढुंगामा मतदानका क्रममा गोली चलेको र मानिस घाइते भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको भिडियो तथा समाचार भ्रामक रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमा प्रसारित उक्त सूचनाको खण्डन गर्दै ओखलढुंगामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको स्पष्ट पारेको हो।

डीएसपी मदन केसीका अनुसार फेसबुकमार्फत फैलाइएको झडप र सेनाले गोली चलाएको भन्ने सामग्री पूर्ण रूपमा झुटो हो। “ओखलढुंगामा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ,” उनले भने।

प्रहरीले गलत अफवाह फैलाएर सर्वसाधारणमा त्रास सिर्जना गर्ने व्यक्तिहरूको पहिचान र खोजी भइरहेको जनाएको छ। यस्ता भ्रामक सूचना फैलाउनेमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.