शुक्रबार, श्रावण ८,२०८३ 09:30:46
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:30:46
Bizshala
Global IME Bank Limited

दोलखा र सर्लाहीका मतदान केन्द्रमा विवाद, मतदान प्रक्रिया अवरुद्ध

दोलखा र सर्लाहीका मतदान केन्द्रमा विवाद, मतदान प्रक्रिया अवरुद्ध
New Office

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोलखा र सर्लाहीका दुई मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया केही समयका लागि अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा विवाद चर्किएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो। त्यसपछि भीड नियन्त्रण गर्न केही समयका लागि मतदान स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार घटनापछि सर्वदलीय बैठक बोलाएर समस्या समाधान गर्ने प्रयास भइरहेको छ र अवस्था सामान्य भएपछि मतदान पुनः सुरु गर्ने तयारी गरिएको छ।

यसैबीच सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पनि दलका प्रतिनिधिहरूबीच विवाद भएपछि मतदान रोकिएको छ।

विवाद समाधान गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेर छलफल गरिरहेको जनाइएको छ। उक्त क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहको नगरपालिका क्षेत्र हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.