दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङमा स्थानीय मतदाताले मतदान बहिष्कार गरेका छन्।
उम्मेदवारहरू मत माग्न गाउँसम्म नआएको र स्थानीय समस्या बेवास्ता गरिएको भन्दै गाउँलेले मतदान नगर्ने निर्णय गरेका हुन्।
मतदान केन्द्रमा खटिएका कर्मचारीका अनुसार बिहान १०:४५ बजेसम्म एक जना पनि मतदाता मतदानका लागि उपस्थित भएका छैनन्।
आरोहीहरूको गाउँका रूपमा परिचित बेदिङमा कुल १३३ मतदाता रहेका छन्।

