शुक्रबार, श्रावण ८,२०८३ 09:25:09
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:25:09
Bizshala
Global IME Bank Limited

अर्काको नाममा मत हाल्न खोज्ने युवक पक्राउ

अर्काको नाममा मत हाल्न खोज्ने युवक पक्राउ
New Office

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अर्काको नाममा मत हाल्ने प्रयास गरेको आरोपमा रौतहटमा एक किशोर पक्राउ परेका छन्। प्रहरीले राजपुर नगरपालिका–९ बौरिया निवासी १८ वर्षीय अरजे हयातलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले अनाथालय मतदान केन्द्रमा महमद आसिकको नाममा मत हाल्ने उद्देश्यले लाइनमा बसेको अवस्थामा शंका लागेपछि प्रहरीले सोधपुछ गर्दा घटना खुल्न आएको हो। प्रहरी निरीक्षक देवी राम भण्डारीको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यसैबीच सोही मतदान केन्द्रमा अर्काको नाममा मत हाल्न लाइनमा बसेको अवस्थामा भेटिएकी नुजमा बेगम भने अचानक अचेत भएकी थिइन्। स्वास्थ्य अवस्था कमजोर भएपछि प्रहरीले उनलाई उपचारका लागि आफन्तको जिम्मा लगाएको जनाएको छ।

निर्वाचनको दिन विभिन्न मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको र मतदाताको परिचयपत्र तथा विवरण मिलान गरी मात्रै मतदान गर्न दिइएको प्रहरीले जनाएको छ। निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न यस्ता गतिविधिमाथि निगरानी बढाइएको सुरक्षा निकायले बताएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.