निर्वाचन आयोगले देशभर उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै जिल्लामा मतदाताको सक्रिय सहभागितासहित मतदान प्रक्रिया अघि बढिरहेको छ।
उनका अनुसार दिउँसो १२ बजेसम्म देशभर कुल ३१ लाख ६३ हजार ७३६ मत खसेको छ, जुन कुल मतदाताको करिब १८ प्रतिशत हो।

