शुक्रबार, श्रावण ८,२०८३ 09:27:07
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:27:07
Bizshala
Global IME Bank Limited

देशभर ६० प्रतिशत मत खस्यो: आयोग

देशभर ६० प्रतिशत मत खस्यो: आयोग
New Office

काठमाण्डौ । बिहीबार सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलनमा मतदानको अवस्था र प्रतिशतबारे जानकारी दिएका हुन्। उनले केही स्थानमा मतदान अझै जारी रहेको र मतदान समय साँझ ५ बजेसम्म कायम रहने पनि बताएका छन्।

निर्वाचन आयोगका अनुसार, तोकिएको समयमा मतदान स्थलमा प्रवेश गरिसकेक मतदाताहरूले मात्र मतदान गर्ने अवसर पाउनेछन्।

यो निर्वाचन प्रत्यक्ष प्रणालीमा १६५ र समानुपातिक प्रणालीमा ११० सिटका लागि भएको हो। देशभर ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार छन्, जसमा पुरुष ३ हजार १७, महिला ३८८ र अन्य १ छन्। समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार छन्, जसमा पुरुष १ हजार ३६३ र महिला १ हजार ७७२ छन्।

मतदाता संख्या कुल १ करोड ८९ लाख ३ हजार ६८९ रहेको छ, जसमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० रहेका छन्।

देशभर १० हजार ९६७ स्थायी मतदानस्थल, २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदानस्थल सञ्चालनमा राखिएका थिए।

निर्वाचनको सुरक्षा उच्च स्तरमा राख्न ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटाइएका थिए। यसबाहेक २ लाख १५ हजार कर्मचारी निर्वाचन कार्यमा संलग्न थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.