काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले मतदातासहित सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल तथा नागरिक समाजलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
उनले मतदाता सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वासले नेपालको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन्। प्रचण्डले आगामी दिनमा जनताको निर्णयको सम्मान गर्दै सबै पक्ष मिलेर देश र जनताको हितमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

