काठमाण्डौ। बालेन्द्र शाह(बालेन)ले काठमाण्डौ महानगरपालिका–सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कूल मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।
काठमाण्डौ महानगरका पूर्व प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
शाह यसपटक झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्। उनले सबै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

