शुक्रबार, श्रावण ८,२०८३ 09:25:12
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:25:12
Bizshala
Global IME Bank Limited

छोरी उम्मेदवार, बुबाले त्यहीँ गरे मतदान: प्रचण्डको सन्देश ‘सही रोजौँ’

छोरी उम्मेदवार, बुबाले त्यहीँ गरे मतदान: प्रचण्डको सन्देश ‘सही रोजौँ’
New Office

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले प्रतिनिधिसभा मध्यावधि निर्वाचनअन्तर्गत आज चितवनबाट मतदान गरेका छन्।

प्रचण्डले चितवन–३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। सोही क्षेत्रमा उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकी छन्।

प्रचण्ड भने यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकाले उनले आफूलाई मत दिन भने पाएनन्।

सोही मतदान केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिले चुनावी बहसमा उठाइएको ‘नयाँ र पुराना’ भन्ने भाष्य देशको हितमा नभएको बताएका छन्। उनका अनुसार राजनीतिक प्रतिस्पर्धा नयाँ र पुरानाको आधारमा नभई सही र गलतको आधारमा मूल्यांकन हुनुपर्छ।

“नयाँ र पुराना भन्ने भाष्य बनाइएको छ, त्यो देशको हितमा छैन,” उनले भने, “नयाँ–पुराना होइन, सही र गलत के हो भन्ने आधारमा निर्णय हुनुपर्छ।”

प्रचण्डले दलहरूको योजना, नीति र कार्यक्रम हेरेर मूल्यांकन गर्नुपर्ने बताउँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।

उनले राष्ट्र, जनता, लोकतन्त्र र समृद्धिको पक्षमा उभिने शक्तिलाई पहिचान गरेर मत दिनुपर्ने भन्दै सबैलाई विवेक प्रयोग गरी सही पक्षमा उभिन पनि अपिल गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.