शनिबार, असार ७,२०८२ 07:12:56
  • शनिबार, असार ७,२०८२ 07:12:56
Global IME Bank Limited

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो

Hyundai Nepal
दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आइतबार दुर्घटनामा परेको दक्षिण कोरियाको हवाई कम्पनी जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । आज जेजु एयरको सेयरमूल्य इन्ट्रा डे कारोबारमा १६ प्रतिशतले घट्दै ८.७ प्रतिशतको गिरावटका साथ बन्द भएको छ ।  

कम्पनीको यो गिरावट हालसम्मकै उच्च हो । यो कम्पनी सन् २०१५ मा सूचीकृत कम्पनी हो । यो कम्पनीको बजार पूँजीकरण ४१० मिलियन डलरबराबर रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज जेजु एयरको माउ कम्पनी एके होल्डिङको सेयरमूल्य पनि १२ प्रतिशतले घटेको छ । एके होल्डिङको बजार पूँजीकरण ८७ मिलियन डलरबराबर रहेको छ ।  

आईतबार ब्याङककबाट फर्किने क्रममा जेजु एयरको विमान दक्षिण कोरियाको विमानस्थालमा दुर्घटनमा परेको थियो । जसमा १७९ जनाले ज्यान गुमाएका थिए । विमान कुल १८१ जना यात्रु र ४ विमानका चालक दल सवार थिए ।  

आज समग्रमा दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स‘कोस्पी’०.२ प्रतिशतले घटेको छ । आज सन् २०२४ को अन्तिम कारोबार दिन हो । यो वर्ष कोस्पी इन्डेक्स झण्डै १० प्रतिशतले ओरालो लागेको छ । सन् २०२३ मा कोस्पी इन्डेक्स १९ प्रतिशतले बढेको थियो ।  

यो वर्ष दक्षिण कोरियाली मुद्रा वनको मूल्य पनि अमेरिकी डलरको तुलनामा १२ प्रतिशतले घटेको छ । जुन सन् २००८ पछि कै खराब अवस्था हो ।  

दक्षिण कोरियामा देखिएको राजनीतिक संकटका कारण सेयर बजारले गति लिन सकेको छैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.