बिहीबार, असार ११,२०८३ 10:12:14
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:12:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा ‘सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो । 

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए ।  

उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.