बिहीबार, असार ११,२०८३ 10:12:25
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:12:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यु मिटीङ सम्पन्न

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यु मिटीङ सम्पन्न

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मिटीङ चितवनको सिराईचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे,वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल,नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू,रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा कम्पनीका अध्यक्षले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे ।  

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, कार्यक्रममा आव २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, शाखा तथा उप–शाखाका प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.