काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । गत बिहिबार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउन लागेको हो ।
नेप्से र गार्डियन माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको थियो ।
कम्पनीले सर्वसाधारणसमक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत पुस १९ गतेदेखि २४ गतेसम्म साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता ९३० प्रतिशत० र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत)सेयर (धितोपत्र) समेत गरी जम्मा ७५ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २३ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘जीएमएलआई’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.३२ रुपैयाँ र ३०१.०२ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                