बिहीबार, असार ११,२०८३ 09:29:51
Bizshala
  • बिहीबार, असार ११,२०८३ 09:29:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो झट्का, राजधानी काराकासमा क्षति

Laxmi Sunrise Bank Limited
भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो झट्का, राजधानी काराकासमा क्षति

काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार राति दुई शक्तिशाली भूकम्पको चपेटामा परेको छ।  

लगातार गएका भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा त्रास फैलिएको छ भने केही भवन तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

 

New Office
CG Motors
Garima Development Bank

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो, जसको केन्द्रविन्दू काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपे नजिक रहेको थियो।  

त्यसको केही समयपछि युमारे क्षेत्रमा ७।५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको बताइएको छ।

भूकम्पका धक्काहरू राजधानीसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो।  

त्रसित नागरिकहरू घर तथा कार्यालयबाट बाहिर निस्किएर खुला स्थानमा जम्मा भएका थिए।

कतिपयले आफ्ना परिवारका सदस्य र घरपालुवा जनावरसहित सुरक्षित स्थानमा शरण लिएका थिए।

यूएसजीएसले प्रारम्भिक विश्लेषणमा भूकम्पबाट व्यापक भौतिक क्षति र ठूलो सङ्ख्यामा मानिस प्रभावित हुन सक्ने संकेत गरेको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि क्षतिको पूर्ण विवरण सार्वजनिक हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोका अनुसार राजधानी काराकासको अल्टामिरा क्षेत्रसहित केही स्थानमा भवनमा क्षति पुगेको छ।

केही व्यक्ति घाइते भएको सूचना प्राप्त भए पनि विस्तृत विवरण सङ्कलन भइरहेको उनले बताएका छन्।

उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। 

स्थानीय प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

यसैबीच, भूकम्पपछि पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि जारी गरिएको सुनामी चेतावनी भने केही समयपछि रद्द गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.