मंगलवार, असार ९,२०८३ 10:25:57
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:25:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बझाङको साईपाल गाँउपालिकामा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा

Laxmi Sunrise Bank Limited
बझाङको साईपाल गाँउपालिकामा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाँउपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग ,नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साईपाल गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल,  नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

माघ २८ गतेका दिन औपचारीक रmपमा उद्घाटित यो बैंकको १२९ औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।

भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७–८ घण्टा को पैदलयात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि सञ्चालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशीव् यक्त गर्दै यस कार्यमा सहयोग गर्र्ने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती बैंकले धन्यवाद व्यक्त गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पुर्ण पालिकामा बंैक पुर्याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए । साथै, अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य भएको बताउदै अन्य सुविधाहरु पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.